कूमार्फत् सत्ता हत्याएको सेनाविरूद्ध प्रदर्शन गरिरहेका म्यानमारका प्रदर्शनकारीहरूले आज (सोमबार) देशव्यापी आमहड्ताल आह्वान गरेका छन्।
शनिबारको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएपछि प्रदर्शनकारीहरूले आन्दोलनलाई कडा बनाउन आमहड्तालको घोषणा गरेका हुन्।
सडकभरि सुरक्षाकर्मी परिचालन गरेर एक वर्षभित्र नयाँ चुनाव गराउँछु भने पनि जुन्ता सरकारले नागरिकलाई आश्वस्त पार्न सकेको छैन। म्यानमारमा दुई हप्तादेखि लगातार प्रदर्शनहरू भइरहेका छन्। प्रदर्शनका क्रममा अहिलेसम्म ३ जना प्रदर्शनकारीको ज्यान गइसकेको छ भने १ जना प्रहरीको पनि मृत्यु भएको सेनाले जनाएको छ।
आजको आमहड्तालका क्रममा प्रदर्शनकारीहरूले नागरिकलाई काम बन्द गरेर प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्।
प्रदर्शनकारीले हड्ताल आह्वान गरेपछि सरकारी प्रसारण संस्था एमआरटिभीले हड्तालको मूल्य महंगो हुन सक्ने चेतावनी दिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







