पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सकरात्मक सोचका साथ अगाडि बढेमात्र समृद्ध प्राप्ती हुने बताएका छन् ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीको चौंथो साधारण सभा तथा जित प्रसाद द्वा पत्रकारिता पुरस्कार २०७७ लाई उद्घाटन गर्दै मन्त्री गुरुङले पत्रकारले ठोक्ने प्रवृतिबाट भन्दा पनि क्षेत्रगत अवस्थालाई बोक्ने गरी अगाडि बढ्नुपर्ने बताए ।
स्कुले समयमा आफुले पनि घर वा विद्यालयबाट भागेर फिल्म हेर्ने गरेको किस्सा सुनाउँदै अर्थमन्त्री गुरुङले कमीकमजोरीलाई सकरात्मक ढंगले सच्याउनुपर्ने आवश्यकतालाई औंल्याए ।
नपच्ने गरी नभई पच्ने गरी कमीकमजोरीलाई पत्रकारले बाहिर ल्याउनुपर्ने विषयमा उनले जोड दिए ।
चलचित्र क्षेत्रले पोखराको पर्यटनलाई माथि उकास्न सहयोग गर्ने भन्दै उनले गण्डकी प्रदेश सरकार सँधै राम्रा कामका लागि सबैको साथमा रहेको प्रतिबद्धता व्यक्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल…






