आज मार्च महिनाको अन्तिम शनिबार अर्थात चौथो विश्व नेवाः दिवस।
हरेक वर्षको मार्च महिनाको अन्तिम शनिबारलाई ‘विश्व नेवाः दिवस’का रूपमा मनाइन्छ। यो दिवस सन् २०१८ बाट मनाउन शुरु गरिएको हो ।
काठमाडौं उपत्यका मूलथलो भएको नेवार समुदाय एउटा मूलबासी भाषिक समुदाय हो । सांस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा र लिपि छ। त्यतिमात्र हैन, नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवाः समुदायमा नै प्रचलित छन्।
नेवाः साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तर्राष्ट्रियकरण गर्न हरेक वर्ष मार्च महिनाको अन्तिम शनिबारलाई ‘विश्व नेवास् दिवस’ मनाउन थलिएको हो। आज चौथो नेवाः दिवस हो । आजको दिन वल्र्ड नेवाः अर्गनाइजेसनले काठमाण्डौँलगायत विश्वको जुन कुनै ठाउँमा बस्ने नेवार समुदायले विशेष कार्यक्रम दिवस मनाउने गर्दछन्।
यो वर्षको नेवाः दिवस मनाउने सन्दर्भमा वल्र्ड नेवाः अर्गनाइजेशनका नेपाल च्याप्टरले आज चैत १४ गते (शनिबार) मा बसन्तपुर डबलीमा औपचारिक कार्यक्रम गर्ने जनाएको छ। विश्वभर फैलिएर बसेका नेवारहरुलाई एकताबद्ध बनाउने उद्देश्यले आयोजना हुन लागेको यो दिवसमा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य प्रमुख अतिथि रहने बताइएको छ।
उक्त कार्यक्रममा नेवाः समाज र नेपाल भाषाको विकासमा उल्लेख्य योगदान दिने आज विशिष्ठ व्यक्तित्वलाई सम्मान गरिने चौथो विश्व नेवाः दिवस, नेपाल ११४१ का मुख्य संयोजक सुरेन्द्रभक्त श्रेष्ठले केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए।
नेपाल र चीन दुबै मोहडाबाट सगरमाथाको सफल आरोहण गरेर वल्र्ड बुक अफ रेकर्डमा नाम राख्न सफल पत्रकार कल्पना महर्जनलाई पनि उक्त कार्यक्रममा सम्मान गरिने भएको छ। यसैगरी ‘विश्वका नेवार ’चुनौती र अवसर’ विषयमा आयोजना गरिने बहस कार्यक्रममा नेवार अगुवाहरू मल्ल के. सुन्दर, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ र डा. महेशमान श्रेष्ठ प्रमुख वक्ता रहनेछन्।
कार्यक्रममा नेपाल भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरूको तस्वीरको प्रदर्शनी, नेवाः परिकारको स्टल, सांस्कृतिक कार्यक्रम र मञ्चको विविध गतिविधिहरू समेटिएको स्मारिकाको पनि विमोचन गरिने बताइएको छ।
यो दिवस मनाउनुको मुख्य तात्पर्य नै विश्वभरका नेवारहरूलाई एक ठाउँमा ल्याई नेवार भाषा, संस्कृति र अधिकारका लागि आवाज उठाउने एउटा माध्यमका रूपमा विकास गर्नु हो। यो दिवस मनाउनुको अर्को उद्देश्य विशेष गरी प्रवासमा रहेका नेवार समुदायबीच सम्पर्क बिस्तार गर्ने डबलीको रूपमा विकास गर्नु हो।
नेवारी समुदायको अलग पहिचान दिन खोजी भाषा र संस्कृतिबारे विचार–विमर्श गर्ने, सचेतना जगाउने कार्य गर्न सकिन्छ कि भन्ने उद्देश्यले विश्व नेवाः दिवस मनाउने शुरुवात सन् २०१८ देखि सुरु भएको हो। त्यस वर्ष, विश्वका २२ देशहरूमा विविध कार्यक्रम गरी विश्व नेवाः दिवस मनाइएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल…





