भारतको महाराष्ट्रस्थित कोभिड अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     वैशाख १० गते २०७८ मा प्रकाशित




तस्बीरः एसियन न्यूज इन्टरनेशनल

भारतीय राज्य महाराष्ट्रको पालघर जिल्लास्थित वसाई अस्पतालको कोभिड सेन्टरमा आगलागी हुँदा १३ जना बिरामीको मृत्यु भएको छ।

मृत्यु हुनेमा कोरोना संक्रमणबाट सिकिस्त बिरामी भएर आइसीयूमा राखिएकाहरु रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। विरार नगर निगमले घटनाको पुष्टि गरेको छ।

आगलागीमा परेर घाइते भएकाहरुको नजिकैका अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ। समाचार एजेन्सी पीटीआईले प्रहरीलाई उधृत गर्दै जनाएअनुसार घटनामा १३ जनाको मृत्यु भएको छ। आगो लाग्नुको कारण स्पष्ट भइसकेको छैन।

दुई दिनअघि मात्र महाराष्ट्रकै नासिकको एउटा अस्पतालमा अक्सिजन लीग हुँदा २२ जनाको मृत्यु भएको थियो।

पीटीआई


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।