नेपाल सुपर लिग: पहिलो खेलमै पोखरा थन्डर्सको हार


     एभरेस्ट आवाज    
     वैशाख १३ गते २०७८ मा प्रकाशित




नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सले पहिलो खेलमै हार खेपेको छ।

आइतबार साँझ दशरथ रंशगालामा भएको खेलमा पोखरा थन्डर्सले बुटवल लुम्बिनी एफसीसँग ०–२ गोलले पराजित बनेको हो।

बुटवलका विदेशी खेलाडी अर्मान्डले खेलको ४२ औं मिनेटमा सुरुवाती गोल गरे। पहिलो हाफमा १–० गोलले अघि रहेको बुटवललाई पोखरा थन्डर्सले दोस्रो हाफमा आत्मघाती गोलको उपहार दिलायो।

खेलको ७७ औं मिनेटमा पोखराका अजित भण्डारीले आफ्नै पोस्टमा बल छिराउँदा बुटवललाई फाइदा दोहोरो गोलले अगाडि बढायो।

यसअघि दिनको पहिलो खेलमा विराटनगर सिटी एफसीले धनगढी एफसीलाई ३–० गोलले हरायो।
एनएसएलमा सोमबार चितवन एफसी र ललितपुर सिटीबीच खेल हुनेछ। चितवनको लागि लिगको पहिलो खेल हुनेछ भने ललितपुरका लागि लिगको दोस्रो खेल ह्नेछ। ल्लितपुर पहिलो खेलमा काठमाडौंसँग पराजित भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।