भारतको भरुचस्थित कोभिड अस्पतालमा पनि आगलागी, १८ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     वैशाख १९ गते २०७८ मा प्रकाशित




एसियन न्यूज इन्टरनेशनल

भारतको एक अस्पतालमा आगलागी हुँदा अस्पतालमा सेवारत २ नर्ससहित कम्तीमा १६ कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन्।

एशियाली यस मुलुकमा संक्रमणदर उच्च भएपछि स्वास्थ्य सेवा प्रणालीमा समस्या देखिइरहेका समय पश्चिमी राज्य गुजरातको भरुचस्थित ४ तलाको अस्पतालमा आगलागी भएको हो।

स्थानीय समयअनुसार शनिबार बिहान १ बजे आगलागी हुँदा अस्पतालमा करिब ५० अन्य बिरामीहरू थिए। आगो केही समयपछि नियन्त्रणमा आएको थियो।

उक्त घटनामा अधिकांश व्यक्तिको निसास्सिँदा श्वासप्रश्वासमा समस्या भइ ज्यान गएको बताइएको छ।

एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।