आज मध्यरातिदेखि आन्तरिक हवाई उडान पनि बन्द हुँदै


     एभरेस्ट आवाज    
     वैशाख २० गते २०७८ मा प्रकाशित




आज (सोमबार) मध्यरातिदेखि आन्तरिकतर्फका सबै हवाई उडान पनि बन्द हुँदै छ।

हिजो (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार आज वैशाख २० (सोमबार) राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो।

यसअघि नै कोभिड संक्रमण रोकथाम निर्देशन समितिले समेत आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो।

यस्तै मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको परराष्ट्रमन्त्रालयले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।