तस्बीर : एजेन्सी
सरकारले सोमबार रातीदेखि लागू हुने गरी आन्तरिक उडान रोकेको छ।
यस्तै, भोली (बिहीबार) देखि अन्तर्राष्ट्रिय उडान पनि बन्द हुँदैछ ।
आन्तरिक उडान र अन्तर्राष्टिय उडान रोक्ने निर्णय सरकारले गरेको हो। मन्त्रिपरिषद्को गत आइतवार भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तरराष्ट्रिय दुवै उडान वैशाख मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको थियो।
यद्यपी, निषेधाज्ञामा चार्टड तथा उद्धार उडान भने रोकिने छैन। आवश्यकताका आधारमा अनुमति लिएर आन्तरिक तथा अन्तरराष्ट्रिय दुवैमा चार्टर तथा उद्धार उडान हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उद्धार र चार्टड उडान नरोकिने बताएको हो।
आन्तरिक र अन्तरराष्ट्रिय चार्टर तथा उद्धार उडानका हकमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्नेछ। चार्टर र उद्धारअन्तर्राष्टिय उडानबाट आउने/जाने यात्रुहरुको बारकोड र फोटोसहितको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ ।
यसैगरी, यस अवधिमा साताको २ दिन भारतका लागि अन्तर्रार्टिय उडान भने हुने जनाइएको छ। भारत र नेपालबीच एयर बबल प्रणालीअनुसार सातामा बढीमा दुई उडान हुनेछन्। भारतबाट नेपाल आउने यात्रुले १० दिन क्वारेन्टिनमा बस्नु पर्नेछ।
पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले होटेल क्वारेन्टिनमा बसे नबसेको दैनिक अनुगमन गरी कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन पेश गर्नुपर्नेछ।
होटेल क्वारेन्टिनमा बस्नुपर्ने यात्रुले स्वास्थ्य मापदण्ड पालना नगरेको र क्वारेन्टिनमा नबसेको पाइएमा संक्रामक रोग ऐन, २०२० बमोजिम मुकर्रर अधिकारीसमक्ष कारवाहीका लागि लेखिपठाउने मन्त्रिपरिषद्को निर्णय छ।
त्यस्तै कुनै पनि उडानमा पिसिआर पोजिटिभ भएका यात्रुलाई बोर्डिङ पास दिई यात्रा गराएमा उडानका सबै यात्रुको क्वारेन्टिन खर्च सम्बन्धित एयरलाइन्सले बेहोर्ने व्यवस्था गरिनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







