अमेरिकी सरकारले खुलाएको डीभीको नतिजा सार्वजनिक गरिएको छ।
अमेरिकी दूतावासका अनुसार हिँजो मे ८ अर्थात वैशाख २५ गते (शनिबार) नेपाली समयअनुसार रातिको पौने १० बजेबाट डीभीको नतिजा सार्वजनिक गरेको हो।
२०२२ का लागि नेपालीले दिएको आवेदनको नतिजा dvprogram.state.gov मा गएर निशुल्क हेर्न सकिने दूतावासले जनाएको छ।

नतिजा हेर्न आवेदन दिँदा यसअघि उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्ने दूतावासले ट्वीटरमार्फत जानकारी दिएको छ।
छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध हुनेछ। दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डीभी कार्यक्रममा छनौट भएको भन्ने व्यहोराको ईमेल नपठाउने भन्दै भ्रममा नपर्न पनि दूतावासले अनुरोध गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







