राष्ट्रपति भण्डारीद्वारा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न आह्वान


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०७८ मा प्रकाशित




फाइल तस्विर : राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् ।

राष्ट्रपति कार्यालयले बिहीबार साँझ एक विज्ञप्ती जारी गर्दै जेठ ७ गते साँझ ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ अनुसार प्रधानमन्त्री पदमा दाबी गर्नका लागि प्रतिनिधिसभा सदस्यलाई समय दिइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत प्राप्त हुने राजनीतिक आधार नदेखेकाले मार्ग प्रसस्त गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।