म्यानमारकी नेतृ आङ साङ सूचीको दल दर्ता खारेज गरिदैँ


     एभरेस्ट आवाज    
     जेठ ८ गते २०७८ मा प्रकाशित




म्यानमारकी लोकतन्त्रवादी नेतृ आङसाङ सुकीले नेतृत्व गरेको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) दललाई खारेज गर्ने भएको छ।

म्यानमारको जुन्ता सरकारले गठन गरेको निर्वाचन आयोगले सुकीको (एनएलडी) दललाई खारेज गर्ने भएको हो।

म्यानमार नाउ समाचार एजेन्सीका अनुसार गत नोभेम्बरमा सम्पन्न चुनावमा भएको धाँधलीमा जिम्मेवार रहेको भन्दै जुन्ताप्रति बफादार आयोगले उक्त निर्णय गरेको हो।

एनएलडीबाहेकका थुप्रै राजनीतिक दलहरुले भाग लिएको एक कार्यक्रममा उक्त निर्णय भएको जनाइएको छ। एनएलडी दलको निर्वाचन घोषणापत्र झूठो भएको भन्दै दल दर्ता खारेज गर्नुपर्ने ठहर उक्त बैठकले गरेको समेत उल्लेख छ।

चुनावमा धाँधली भएको भन्दै गत फेब्रुअरी १ मा म्यानमारको जुन्ता सरकारले सत्ता आफ्नो हातमा लिएको थियो। सुरक्षाकर्मीले म्यानमार हिंसामा ८ सय भन्दा बढीको हत्या गरेको राष्ट्रसंघले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।