तस्बीर: एन्फा
इराक पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज (शनिबार) घरेलु टोली इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ।
बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १० : १५ बजे सुरु हुनेछ। नेपालले आफूभन्दा बलियो टोली इराकसँग खेल्न लागेको हो।
घरेलु टिमसँगको मैत्रीपूर्ण खेलका लागि इराक पुगेको नेपाली राष्ट्रिय टोलीले कडा प्रशिक्षण गरेको थियो। शनिबार हुने मैत्रीपुर्ण खेलका लागि बुधबार इराक पुगेको नेपाली टिमले बिहीबार राति बासरा अन्तर्राष्ट्रिय मैदानमा प्रशिक्षण गरेको हो।
नेपाली टिमसँगै राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव रमेशकुमार सिलवाल र एन्फा उपाध्यक्ष शिक्षित पराजुलीसमेत इराक गएका छन्। उनीहरु दुवै जनाले टिम मेनेजर मधुसुदन उपाध्यायसँगै नेपाली टिमको प्रशिक्षणसमेत हेरेको समाचार छ।
इराकसँगको खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नयाँ खेलाडीलाई स्थान दिँदै टिममा ठूलो परिवर्तन ल्याएका छन् ।
शनिबार हुने मैत्रीपुर्ण खेलका लागि आफूहरूको तयारी राम्रो भएको र उत्कृट प्रदर्शन गर्ने अलमुताईरीको विश्वास छ। प्रिम्याच कन्फ्रेन्समा बोल्दै अलमुताईरीले आफूहरूले अहिलेको समयमा रिजल्टभन्दा पनि उत्कृष्ट प्रदर्शनमा फोकस गरेको बताएका छन्। आफूले खेलाडीलाई सोही अनुसारको मानसिकता बनाउन लगाएको उल्लेख गरेका छन्। साथै सबै खेलाडीले सोही अनुसारको तयारी गरि रहेको उनको दाबी छ।
‘हाम्रो प्रथामिकता नतिजा भन्दा पनि उतकृष्ट प्रदर्शन हो। खेलाडीहरूले पनि सोही अनुसारको प्रदर्शन गर्ने मलाई आशा छ। हाम्रो युवा टोलीका लागि यो सिकाइको अनुभव हुनेछ। नयाँ खेलाडीहरूका लागि आफूलाई प्रमाणित गर्ने अवसर पनि हो यो खेल,’ प्रशिक्षक अलमुताईरीले भनेका छन् ।
इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोलि विश्वकप छनोटका लागि कुवेत जानेछन्। नेपाल यसअघिका ३ खेलमा नेपाल कुवेतसँग पराजित बनेको थियो। छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ।
घरेलु मैदानमा आयोजना गर्नुपर्ने खेलस्तरीय संरचनाको अभावमा तटस्थ भूमिको रुपमा नेपालले कुवेतमा खेल्न लागेको हो। नेपालले जुन ३ मा ताइपेइ, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपाली टिम जुन १२ मा स्वदेश फर्किने छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले…






