पोखरा सांगीतिक कलाकारद्वारा शोक व्यक्त


     एभरेस्ट आवाज    
     जेठ १८ गते २०७८ मा प्रकाशित



हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको निधनप्रति पोखरा सांगीतिक कलाकार संघले दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष हर्कबहादुर थापा (सुनिल)ले आज एक शोक वक्तव्य निकाल्दै पोखरा सांगीतिक कलाकार संघका सल्लाहकारसमेत रहेका गुरुङ वह्मालीन हुनुभएको खबरले संघ मर्माहत तथा शोकाकुल बनेको जनाएका छन् ।

संघले स्वर्गिय आत्माको चीर शान्तिको कामना गर्दै स्वर्गिय गुरुङप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।

गुरुङको गएराती मुटुको उपचारको क्रममा निधन भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।