सर्जियो अग्युरो बार्सिलोनामा अनुबन्ध


     एभरेस्ट आवाज    
     जेठ १८ गते २०७८ मा प्रकाशित




तस्बीर : एजेन्सी

बार्सिलोनाले अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अग्युरोलाई अनुबन्ध गरेको छ।

स्पेनिस क्लब बार्सिलोनाले सोमबार अग्युरोलाई अनुबन्धित गरिएको जनाएको छ।

बार्सिलोनाले ३२ वर्षीय अग्युरोलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो। अग्युरोको आइतबार बार्सिलोनामा मेडिकल परीक्षण गरिएको थियो।

अग्युरोले बार्सिलोनासँग दुई वर्षे सम्झौता गरेका ह्न्। उनी २०२३ सम्म बार्सिलोनामा रहने छन्। बार्सिलोनाले उनको रिलिज क्लज १०० मिलियन युरो राखेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।