कोरोनाको दोस्रो लहरमा भारतमा ५९४ चिकित्सकको मृत्यु


     एभरेस्ट आवाज    
     जेठ २० गते २०७८ मा प्रकाशित




तस्बीर: गुगलबाट

भारतमा कोरोना संक्रमणको दोस्रो लहर जारी छ। यसअघि, दैनिक ४ लाख नयाँ संक्रमित थपिँदै आएकोमा अहिले संक्रमण दरमा भने केही कमी आएको छ।

तर, खतरा अझै टरेको छैन। कोरोना संक्रमणकैबीच न्युज एजेन्सी एएनआईले ‘इन्डियन मेडिकल एसोसिएसन’लाई उद्धृत गर्दै दोस्रो लहरका क्रममा ५ सय ९४ जना चिकित्सकहरुले ज्यान गुमाएको उल्लेख गरेको छ।

रिपोर्टमा सबैभन्दा बढी मृत्यु राजधानी नयाँ दिल्लीमा भएको बताइएको छ। देशको राजधानी दिल्लीमा दोस्रो लहरमा १ सय ७ जना चिकित्सकहरुको मृत्यु भएको छ। दोस्रोमा बिहार रहेको छ। जहाँ, ९६ जना चिकित्सकले ज्यान गुमाएका छन्। यस्तै, उत्तर प्रदेशमा ६७ चिकित्सकको मृत्यु भएको छ।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।