पोखरा । नेपाल आयल निगमले शनिबार राती १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ ।
निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको हो ।
भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार मूल्य बृद्धि गरिएको निगमले जनाएको छ ।
मूल्यबृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ ।
यस अघि निगमले जेठ दुई गते पनि इन्धनको मूल्य बृद्धि गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गुरु पुर्णिमाको अवसरमा पोखरामा शिक्षा प्रदान गर्ने गुरुहरु सम्मानित भएका छन् ।…





