सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा डा मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक डा केसीलाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम यही कात्तिक १८ गतेदेखि लागू हुनेगरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा जिम्मेवारी दिएको छ ।
मन्त्री पोखरेलका अनुसार बैठकले वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन नेपाल प्रहरीको प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिर्जना गर्ने निर्णय गरेको छ ।
सरकारले जिम्मेवारी परिवर्तन गरेपछि कार्की कानुनी परामर्शमा जुटेका छन् । उनले सरकारको निर्णय विरुद्ध सर्वोच्च जानेगरी कानुन व्यवसायीसँग छलफल गरेका हुन् । कार्कीले कानुन व्यवसायी स्वागत नेपालसँग अदालत जानेबारे परामर्श गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरेली कवि नारायणप्रसाद सापकोटाको पहिलो कविता संग्रह ‘युगान्तर’ प्रकाशित भएको छ ।…







