सोमालियामा खाद्य संकट: २७ लाख बढी प्रभावित


     एभरेस्ट आवाज    
     जेठ २३ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

सोमालियमा खडेरीका कारण खाद्य संकट परेको जनाइएको छ।

त्यहाँ समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खापन भएको र जसका कारण २७ लाखभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ।

सोमालियामा रहेको मानवीय सहायतासम्बन्धी निकायले यस्तो जानकारी दिएको हो। मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का अनुसार सोमालियामा खडेरीका कारण यहाँका यति धेरै नागरिक प्रभावित भएका हुन्।

यसै वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्ममा ती नागरिकलाई खाद्य संकट पर्ने जनाइएको छ। आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएकोले त्यहाँ खाद्यान्न उत्पादन हुन सकेको छैन। त्यसैले, उनीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने जनाइएको छ।

सोमालियाको सरकारले यही अप्रिल २५ तारिखका दिन संयुक्त राष्ट्रसंघीय अधिकारीहरुसँग परामर्श गरी खडेरीका कारण त्यहाँ खाद्य संकट पर्न गएको घोषणा गरिएको थियो। सोही कारण संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरुलाई आग्रह समेत गरेको बताइएको छ।

सिन्ह्वा


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।