फाइल तस्बीर
बुर्किना फासोको उत्तरी भागमा रहेको एउटा गाउँ सोल्हानमा हतियारधारी समूहको आक्रमणबाट एक सय जना स्थानीय बासिन्दा मारिएका छन्।
आक्रमणमा कति जनाको मृत्यु भयो भन्ने यकिन विवरण आइसकेको छैन। त्यहाँका राष्ट्रपति रोक कबोरेले भने करिब एक सय जनाको हत्या भएको बताएका छन्।
घटनाको जिम्मा हालसम्म कसैले पनि लिएको छैन। यद्यपि, पछिल्लो उत्तरी गाउँहरुमा इस्लामिक समूहको आक्रमण तिब्र बन्दै गएको छ।
सशस्त्र समूहद्वारा सोल्हान गाउँमा छापा मारिएको र त्यहाँ घर तथा बजारमा आगजनी गरेको थियो। यस क्षेत्रमा पछिल्लो समय विभिन्न सशस्त्र समूहले छापा मार्ने र अपहरणका गतिविधि बढाउँदै आएका छन्।
बुर्किना फासोमा हिंसा बढ्दै गएपछि छिमेकी देश फ्रान्सले अतिवादी समूहविरुद्ध लड्न सैन्य सहयोग गर्दै आएको छ।
रोयटर्स
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







