सांकेतिक तस्बीर
भारतमा अल्फा, बिटा, गामा र डेल्टापछि एक नयाँ कोरोना भेरिएन्ट भेटिएको खुलासा भएको छ । यसले ७ दिनमै बिरामीको वजन कम गर्नसक्छ।
भाइरसको यो भेरिएन्ट सबैभन्दा पहिले ब्राजिलमा भेटिएको थियो। तर, त्यहाँबाट एकमात्रै भेटिएन्ट भारत आएको पुष्टि भएको थियो।
अब वैज्ञानिकहरुले ब्राजिलबाट एक नभएर दुईवटा भेरिएन्ट भारत आएको स्पष्ट गरेका छन्। उनीहरुका अनुसार यो दोस्रो भेरिएन्ट aL.1.1.28.2 निकै तेज छ।
संक्रमित भएको ७ दिनमा मात्रै यो भेरिएन्टको पहिचान हुन्छ। यसले तेज गतिमा शरीरको तौल कम गर्नसक्छ र डेल्टाजसरी नै यसले धेरै गम्भीर बनाउँछ र एन्टीबडी क्षमता पनि कम गर्नसक्छ।
पुणेस्थित नेशनल इन्स्टिच्युट अफ भिरोलोजी (एनआईवी) का डाक्टर प्रज्ञा यादवका अनुसार aL.1.1.28.2 भेरिएन्ट विदेशबाट आएका २ व्यक्तिमा भेटिएको थियो। भारतमा अहिले यो भेरिएन्ट खासै नफैलिए पनि सतर्कता अपनाउनुपर्ने उनले बताएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







