काश्मीरको विशेषाधिकार फिर्ता गरे भारतसँग वार्ता गर्न तयार: पाकिस्तानी प्रम


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन्। तर, दिल्लीले आवश्यक पूर्वतयारी गर्नुपर्ने उनको भनाई छ।

समाचार एजेन्सी रोयटर्सलाई दिएको एक अन्तरवार्तामा खानले समस्या सल्ट्याउन भारतसँग बातचित गर्न तयार रहेको जनाएका हुन्।

बेलायती उपनिवेशबाट मुक्त हुँदा विभाजित यी २ देशबीच परम्परागत दुस्मनी रहिआएको छ। इमरान खान भारत प्रशासित काश्मीरको अवस्थाप्रति बढी संवेदनशील देखिएका छन्।

भारतले संविधानको अनुसूची ३७० खारेज गरेर जम्मु–काश्मीरको विशेषाधिकार खारेज गरिसकेको छ। खानले यदी भारत काश्मीरमा यसअघिकै स्थिति बहाल गर्न तयार भए आफूहरू पनि वार्ता गर्न तयार हुने बताएका हुन्।

उनले भनेका छन्, ‘भारतले काश्मीरको विशेषाधिकार खारेज गरेर लक्ष्मणरेखा पार गरिसकेको छ। सन् २०१९ अगष्टमा चालेको सो कदम फिर्ता लिन भारत तयार हुन्छ भने हामी कुराकानी गर्न तयार छौँ।’

काश्मीरको विशेषाधिकार खारेज गर्नु अन्तरराष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको नियम उल्लंघन भएको खानले उल्लेख गरेका छन्।

रोयटर्स


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।