अल जजिरा अरेबिककी पत्रकार गिभाराबुढिरी थुनाबाट मुक्त


     एभरेस्ट आवाज    
     जेठ २४ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

इजरायलले अल जजिरा अरेबिककी पत्रकार गिभाराबुढिरीलाई थुनाबाट मुक्त गरेको छ।

पूर्वी जेरुसलेनम नजिकैको शेख जर्रामा भएको प्रदर्शनमा समाचार संकलन गर्नेक्रममा उनलाई प्रहरीले पक्राउ गरेको थियो।

त्यसपछि इजरायली प्रहरीले घण्टौंसम्म उनलाई हिरासतमा राखेको थियो। यस क्रममा अलजजिराका क्यामेराम्यान नबिल माज्जावीमाथि पनि दुव्यवहार भएको थियो। उनले बोकेका उपकरणहरु इजरायली प्रहरीले फुटाइदिएको अलजजिराले जनाएको छ। प्रेस स्वतन्त्रतामाथिको यस हमलाको मिडिया पर्यवेक्षक तथा विभिन्न संघ संस्थाहरुले विरोध जनाएका थिए।

‘उनीहरु चारैतिरबाट आएका थिए । किन आए भन्ने थाहा भएन ? उनीहरुले मलाई लछारेर पर्खालमा लगे,’ शनिबार रिहा भएलगत्तै बुढिरीले भनिन्, ‘उनीहरुले लात्ता हान्दै मलाई कारभित्र लगे, नराम्रो व्यवहार गरे । उनीहरुले सबै लात वर्साइरहेका थिए।’

बुढिरीले आफूमाथि नियमवस हमला गरिएको बताइन्। उनी सन् २००० देखि अल जजिरामा कार्यरत छिन्, त्यस्तै, उनले प्रेस लेखिएको ज्याकेट पनि लगाएकी थिइन्। त्यसका बाबजुद आफूमाथि अपराधी सरह व्यवहार गरिएको उनको अरोप छ।

नक्साको ५४ औं वर्षगाठबारे रिर्पोटिङ गर्न बुढिरी त्यहाँ पुगेकी थिइन्। ईजरायलले पूर्वी जेरुसलेम, वेस्ट बैंक र गाँजापट्टीमा सन् १९६७ यता कब्जा जमाउँदै आएको छ। प्यालेस्टाइनीहरुले यी स्थान इजरायलको अधिनमा पुगेको दिनलाई कालो दिनका रुपमा सम्झना गर्छन्।

एजेन्सीहरु


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।