तस्बीरः गुगलबाट
भारतको महाराष्ट्र राज्यको पुणे शहरस्थित एक केमिकल कारखानामा आगलागी हुँदा कम्तिमा १८ जना मजदुरको मृत्यु भएको छ।
सोमबार साँझ लागेको भीषण आगलागीमा परेर मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ।
आगलागी सुरु हुँदा सो कारखानामा ३७ मजदूर काम गरिरहेका थिए। भारतको फायर ब्रिगेड विभागका अनुसार अन्य बेपत्ता मजदुरहरुको खोजी जारी छ।
फसेका मजदुरहरुलाई बचाउन अहिले कारखानाको पर्खाल जेसीबीले भत्काउने काम भैरहेको जनाइएको छ। आगलागीको कारण अझै थाहा हुन सकेको छैन।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







