पोखरा महानगरपालिका वडा – २३ मा मंगलबार राहत वितरण


     एभरेस्ट आवाज    
     जेठ २५ गते २०७८ मा प्रकाशित




पोखरा महानगरपालिका वडा – २३ मा मंगलबार राहत वितरण गरिएको छ । युवा समाजसेवी तथा पत्रकार भानु पराजुलीको पहलमा वहिनी एडुकेयर फ़ाउन्डेशनको आर्थिक सहयोगमा आर्थिक रुपमा विपन्न १ सय परिवारलाई राहत दिईएको फ़ाउन्डेशनका कार्यकारी निर्देशक सुरेन्द्र परियारले जानकारी दिनुभयो । पोखरा- २३, का वडाध्यक्ष विष्णु प्रसाद पराजुलीको उपस्थितिमा वडा कार्यालय परिसरमा प्रति परिवार २५ केजी चामल, ५ केजी दाल, ४ वटा हात धुने सावुन र १५ वटा मास्क वितरण गरिएको थियो । सिद्ध वराह मा.वि.का अध्यक्ष उपेन्द्र पराजुली तथा शिक्षक प्रेम पराजुली सहितको सहयोगमा वडावासी दाजुभाई दिदीवहिनी राहत दिईएको थियो ।कतिपय छुटेको थप त्यस्तो परिवार पहिचान गरि पछि पनि सहयोग गरिने वचन फ़ाउन्डेशनका कार्यकारी निर्देशक सुरेन्द्र परियारले दिनुभयो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।