तस्बीरः गुगलबाट
बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने संभावना बढदै गएको बताइएको छ।
जनसंख्याको करिब २७९ प्रतिशतलाई कोरोना परिक्षण गरिसक्दा पनि बेलायतमा संक्रमण दर बढेको देखिएको छ।
हाल बेलायतको जनसंख्याको हिसाबबाट १० लाखमा करिब १०० जनामा कोरोना संक्रमण देखिन थालेको छ।
सरकारको सल्लाहकार समेत रहेका एकजना वैज्ञानिकका अनुसार यसै क्रममा बढ्दै जाने हो भने बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन्। ब्रिटिस प्रजातिका नयाँ संक्रमितहरू थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताएका छन्।
बेलायतमा गत २४ घण्टामा ६ हजार ४९ जना कोरोना संक्रमित भेटिएका छन्। बेलायतमा देखा परिरहेका संक्रमितहरुको संख्या थोरै देखिएपनि बेलायतकै दरमा भारतमा यसैगरी संक्रमित भेटिने हो भने एक दिनमा करिब १ लाख ४० हजार हुन्छ।
करिब करिब कोरोना संक्रमणलाई नियन्त्रणमा लिएको बेलायतमा हाल देखा परेको यस संक्रमण दरले विश्वलाई हेर्ने हो भने एक दिनमा कोरोना संक्रमण संख्या ७ लाख ८७ हजार १ सय ४५ जना हुने देखाउँछ।
प्राध्यापक गुप्ताका अनुसार बेलायतमा देखिएका कोरोना संक्रमितको संख्या अहिलेको लागि थोरै जस्तो लाग्छ तर पछि गएपछि यी संख्या पनि धेरै नै हुदै जानेछन्।
‘सुरुमा देखिँदा जुनसुकै भेरिएन्ट पनि सानो संख्यामा नै देखा परेका थिए र अब तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हिजोको जस्तो हुन पनि सक्छ,’ उनले भनेका छन्।
बेलायतमा २ महिनाअघि भेटिएको भनिएको कोभिड १९ को ब्रिटिस भेरिएन्टलाई निकै खतरानाक भनिएको छ।
सिन्ह्वा
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ७ साउन/ नेपाल पर्यटन बोर्डका नवनियुक्त बोर्ड सदस्य सदस्य सन्तोष पोखरेलले…





