१० बच्चालाई एकै पटक जन्म दिएर अफ्रिकी महिलाले राखिन् विश्व रेकर्ड


     एभरेस्ट आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित



तस्बीरः एजेन्सी

दक्षिण अफ्रिकाकी एक महिलाले एकैपटक १० वटा बच्चालाई जन्म दिएर विश्व कीर्तिमान राखेकी छिन्।

समाचार एजेन्सीका अनुसार गोसियामी थामराले ७ छोरा र ३ छोरीलाई एकै पटक जन्म दिएकी हुन्।

योसँगै एकैपटक ८ बच्चा जन्माएकी मोरक्कोकी महिलाको विश्व कीर्तिमानलाई समेत गोसियामीले भंग गरेकी छिन्।

‘म धेरै खुशि छु, भावुक पनि। म धेरै कुरा गर्न सक्दिन’ ती महिलाका पति तेबेहो सोतेत्सीले पत्नीले बच्चा जन्माएपछि सोमबार राती प्रिटोरिया समाचार एन्जेसीसँग भनेका छन् ।

३७ वर्षकी ती महिलाले यसअघि जुम्ल्यहा बच्चा जन्माएकी थिइन् र उनीहरुको उमेर अहिले ६ वर्ष पुगेको छ। सिजेरियन विधिबाट बच्चा जन्माएपछि आफू स्वस्थ रहेको ती महिलाले जनाएकी छिन्।

गिनिज विश्व रेकर्डले गोसियामीको उक्त केसबारे अनुसन्धान गरिरहेको जनाएको छ। यसअघि मोरक्कोमा एकैपटक ८ बच्चा जन्माएकी महिलाको विश्व कीर्तिमान अहिले पनि कायमै छ।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।