तस्बीरः एजेन्सी
विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज (शुक्रबार) पूर्वप्रधानमन्त्री र दलका प्रमुखसँग छलफल गर्दैछन्।
दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा पूर्वप्रधानमन्त्री र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखसँग सभामुख सापकोटाले छलफल गर्न लागेका हुन्।
दोस्रो पटक प्रतिनिधि सभा विघटन भएपछि सभामुख सापकोटा निरन्तर छलफलमा छन्। सापकोटाले यसअघि पनि पूर्व सभामुखसँग छलफल गरेका थिए। त्यस्तै उनले कानुनी र न्यायिक विज्ञसँग परामर्श गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि छलफलमा सहभागी हुन सभामुख सापकोटाले पत्र पठाएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रोजी श्रेष्ठ अब व्यवसायिक यात्रामा…






