सूकीविरुद्ध हालसम्मकै थप कडा र गम्भीर मुद्दा दर्ता गर्दै म्यानमारको सैन्य सरकार


     एभरेस्ट आवाज    
     जेठ २८ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेता आङ सान सूकीविरुद्ध हालसम्मको सबैभन्दा गंभीर भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

सूकीमाथि घुसबापत् नगद र सुन दिएको आरोप लगाइएको छ। उनीमाथि लागेको यो आरोप पुष्टि भए उनलाई १५ वर्षको जेल सजाय हुनसक्छ।

यसबाहेक उनीमाथि अन्य ५ मामिला पनि दर्ता गरिएको छ जसमा अवैध रुपमा वाकीटकी आयात गरेको र सार्वजनिक अशान्ति फैलाएको आरोप छ। १ फेब्रुअरीमा सैन्य कूपछि पूर्व स्टेट काउन्सलर सूकीलाई पक्राउ गरिएको थियो।

त्यति बेलादेखि नै उनी आफ्नै घरमा नजरबन्दमा छिन्। उनी कहिलेकाँही अदालतमा देखिन्छिन्। सैन्य काउन्सिलको तर्फबाट बिहिबार जारी गरिएको प्रेस रिलिजमा सूकीले घुसको रुपमा ६ लाख डलर र सुनका सातवटा टुक्रा लिएको जानकारी उल्लेख छ।

यसमा लगाइएको आरोप अनुसार नेशनल लीग फर डेमोक्रेसीको पछिल्लो नागरिक सरकारले भूमि सम्झौतामा अत्यधिक पैसा बगाएको छ। सूकीबाहेक अन्य थुप्रै पूर्व अधिकारीविरुद्ध भ्रष्टाचार र घुस लिएको मुद्दा दर्ता गरिएको छ।

यसअघि सूकीविरुद्ध आर्टिफिसियल सिक्रेट एक्टलाई तोडेको मामिला दर्ता गरिएको थियो जसमा १४ वर्षको जेल सजाय हुनसक्छ।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।