काबुलमा विस्फोट हुँदा ५ को मृत्यु


     एभरेस्ट आवाज    
     जेठ ३० गते २०७८ मा प्रकाशित




सांकेतिक तस्बीर

अफगानिस्तानको राजधानी काबुलको २ फरक क्षेत्रमा शनिबार अपरान्ह्मा भएको विस्फोटमा परी ५ व्यक्तिको मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ।

काबुलको दासत इ बार्ची क्षेत्रमा पहिलो विस्फोट भएको थियो। यसको करिब आधा घण्टापछि अलि जिनाह अस्पतालको नजिकै अर्को विस्फोट भएको टोलो समाचार समितिले जनाएको छ।

यस घटनामा परी अन्य केही व्यक्ति गंभीर घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने समेत गृह मन्त्रालयले अनुमान गरेको छ। यसै महिनाको शुरुमा काबुलमा भएको यस्तै २ वटा विस्फोटमा परी १२ जना सर्वसाधारणको मृत्यु भएको थियो।

रासस / एएनआइ


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।