तस्बीरः एजेन्सी
यस संस्करणको युरोकप फुटबलमा बेल्जियमले जित निकालेको छ।
बिहीबार राति भएको खेलमा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रो जित निकालेको हो।
कोपनहेगनमा भएको खेलमा बेल्जियमले घरेलु डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै आफूलाई तालिकामा बलियो बनाएको हो।
पार्केन स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्ड र केभिन डी ब्रुएनले १÷१ गोल गरे।
डेनमार्कका युसुफ पाउलसेनले एक गोल गरे। खेलमा सुरुवाती अग्रता भने डेनमार्कले बनाएको थियो। खेलको दोस्रो मिनेटमै पाउलसेनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए।
खेलको ५५ औँ मिनेटमा हाजार्डले गोल गर्दै बेल्जियमलाई १–१ गोलको बराबरीमा फर्काए । ७१ औँ मिनेटमा ब्रुएनले गोल गर्दै बेल्जियमलाई २–१ को जित दिलाए।
जितसँगै समूह ‘बी’ मा रहेको बेल्जियमले २ खेक्मा ६ अंक जोडेको छ। पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो। डेनमार्कको यो लगातार दोस्रो हार हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






