अफगान सेनाको कारबाहीमा १० तालिवानी लडाकुको मृत्यु


     एभरेस्ट आवाज    
     असार ५ गते २०७८ मा प्रकाशित



तस्बीरः एजेन्सी

अफगान सेनाले गरेको कारबाहीमा राजधानी काबुल नजिक १० जना तालिवानी लडाकू मारिएका छन्।

अफगान सेनाले कारबाहीमा ६ जना लडाकू घाइते भएको पुष्टि गरेको छ। राजधानी काबुलबाट ३५ किलोमिटर पश्चिमको वार्डाक प्रान्तमा लुकेर बसेका तालिवानी लडाकूलाई लक्षित गरी कारबाही गरिएको सेनाले जनाएको छ।

सेनाले प्रकाशन गरेको विज्ञप्तिमा वार्डुका प्रान्तको निर्ख जिल्लामा भेला हुन थालेका तालिवानी लडाकुलाई लक्षित गरी सेनाले आक्रमण गरेको उल्लेख छ। गत मे महिनामा भिषण संघर्षपछि निर्ख र त्यसको छिमेकी जलरेज जिल्लालाई तालिवान समूहले नियन्त्रणमा लिएका थिए।

तालिवान समूहले पछिल्लो भिडन्तका बारेमा केही बताएका छैन। संयुक्तराज्य अमेरिका र नेटोका सेनाहरु अफगानिस्तानबाट फिर्ता हुँदै गर्दा देशका विभिन्न भागमा हिंसात्मक घटनाहरु बढ्दै गएका छन्।

रासस/सिन्ह्वा


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।