अमेरिकालाई उत्तरकोरियाली नेता किमकी बहिनीको चेतावनी


     एभरेस्ट आवाज    
     असार ९ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनकी बहिनी किम यो जोङले आफ्नो देशका सर्वोच्च नेताले दिएको अभिव्यक्तिलाई गलत अर्थमा नबुझ्न अमेरिकालाई चेतावनी दिएकी छन्।

जोङले अमेरिकाले किमको अभिव्यक्तिलाई गलत अर्थमा बुझे निराशा मात्र हात लाग्ने बताएकी छन्।

उत्तर कोरियाको सत्ताधारी वर्कस पार्टीका वरिष्ठ नेतृ समेत रहेकी जोङले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘अमेरिका उत्तर कोरियाले दिएका संकेतहरुको गलत अर्थ लगाइरहेको छ। यस्तो लाग्छ कि अमेरिकाले आफुलाई सान्त्वना दिइरहेको जस्तो गरी स्थितिको आंकलन गरिरहेको छ ।’

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभनले उत्तर कोरियासँग वार्ता प्रक्रियालाई पुनः अगाडि बढाउने उद्देश्यका साथ आइतबार दक्षिण कोरियाका राष्ट्रपतिसँग छलफल गरेका थिए। सोही क्रममा उनले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले प्योङयाङमा दिएको भाषण चाखलाग्दो संकेत भएको बताएका थिए।

केसीएन


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।