काठमाण्डौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा यही असार २२ गतेदेखि ज्येष्ठ नागरिकलाई लगाउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘भेरोसेल’ खोप पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाइने जनाएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंहले आज सूचना जारी गर्दै ‘भेरोसेल’ को पहिलो मात्रा लगाएका तीन लाख ७० हजार ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाइने जानकारी दिए ।
गत जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा लगाइएको थियो । यसअघि पहिलो मात्रा लगाएका लाई समेत दोस्रो मात्राको खोप दिइने छ ।
खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कार्ड अनिवार्य देखाउनुपर्ने छ । नेपालमा अहिलेसम्म सात लाख ३१ हजार ६५३ जनाले दोस्रो र २५ लाख १९६ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






