चीनमा राजनीतिक प्रणालीमा सुधार ल्याउन श्वेतपत्र जारी


     एभरेस्ट आवाज    
     असार १२ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

चीनले आफ्नो राजनीतिक प्रणालीलाई अझ परिष्कृत र विशिष्ट पहिचान सहितको बनाउन श्वेतपत्र सार्वजनिक गरेको छ।

चीनको राज्य परिषदले शुक्रबार ‘चीनको राजनीतिक दलसम्बन्धी प्रणाली सहयोग र परामर्श’ नामको श्वेतपत्र सार्वजनिक गरेको हो।

श्वेतपत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा बहुदलीय सहयोग र राजनीतिक परामर्श प्रणालीलाई थप मजबूत बनाइने तथा यसलाई चीनको राजनीतिक संरचनाको आधारभूत तथ्यका रुपमा अंगिकार गरिने उल्लेख छ।

यस प्रणालीमा चिनियाँ कम्युनिष्ट पार्टीका अलावा देशमा अरु ८ वटा राजनीतिक दल रहने छन् जसमा रिभोल्युसनरी कमिटी अफ चिनियाँ कुमिनताङ, चाइना डेमोक्रेटिक लिग, चाइना नेशनल डेमोक्रेटिक कन्स्ट्रक्सन एशोसिएसन, चाइना एशोसिएसन फर प्रमोटिङ डेमोक्रेसी, चाइनिज पिजेन्ट्स एन्ड वर्कर्स डेमोक्रेटिक पार्टी, चाइना झी गोङ पार्टी, जिसान सोसाइटी र ताइवान डेमोक्रेटिक सेल्फ–गभर्मेन्ट लिग रहेका छन्।

सीपीसीले यस प्रणाली मातहत कुनैपनि राजनीतिक दलमा आबद्ध नरहेका विशिष्ट व्यक्तिलाई पनि समेट्ने छ। श्वेतपत्रमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले राज्यशक्तिको परिचालन गर्ने र अन्य दलहरुले सीपीसीको नेतृत्वमा बहुदलीय सहकार्यको प्रणाली निर्माण गर्ने उल्लेख छ।

चिनियाँ शैलीको नयाँ मोडेलको संज्ञा दिइएको पछिल्लो व्यवस्था अपनाउने सिलसिलामा अन्य मुलुकको सिकाई र उनीहरुका राजनीतिक प्रणालीका उपलब्धिलाई आत्मसात गरिएको श्वेतपत्रमा उल्लेख छ।

सिन्ह्वा


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।