जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने स्वास्थ्य मन्त्रीको चेतावनी


     एभरेस्ट आवाज    
     असार १२ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

जापानमा फेरि स्वास्थ्य संकटकाल लगाउने सम्भावना रहेको दावी गरिएको छ।

जापानका स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक संकटकाल घोषणा गर्न सक्ने बताएका छन्।

उनले कोरोना भाइरसको महामारी अपेक्षित रुपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा नपुगोस् भन्ने उद्देश्यले फेरि संकटकाल लगाउन सक्ने शुक्रबार बताएका छन्।

जापानको राजधानी समेत पर्ने टोकियो महानगरपालिकाभित्र मात्रै बिहीबार एक दिनमा ५ सय ७० जना नयाँ संक्रमित भेटिएका छन्। टोकियोमा दैनिक संक्रमितको संख्या फेरि बढ्दै गएकाले फेरि संकटकालको खतरा बढेको उनले पत्रकार सम्मेलनमा बताए।

अहिलेको अवस्था हेर्दा संक्रमितको संख्या थप बढ्दै जाने देखिएको पनि उनले पत्रकारहरुलाई जानकारी दिएका छन्।

एएनआई


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।