काठमाडौं । नेपाली हिन्दु नारीको महान चाड तीज नजिकिँदै गर्दा श्रष्टाहरुले तीजसँग सम्बन्धित गीतहरु सार्वजनिक गर्न थालेका छन् ।
यसै क्रममा विशुद्ध नेपाली संस्कृति झल्किएको गायिका चन्द्रा आचार्यको तीज गीत तम्रा मयाले सार्वजनिक भएको छ । यो गीत चन्द्राको पहिलो सांगितिक कोशेली हो ।
खप्तड देखि रारासम्मका प्राकृतिक तथा सांस्कृतिक विषय समेटिएको पश्चिमी लोक शैलीको यो गीतमा लक्ष्मी प्रसाद गौतमको शब्द छ । गीतमा संगीत गौरव दर्पणको छ भने संगीत संयोजन सुरथ प्रधानले गरेका छन् । सुर संगीत रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई मित्र लामाले रेकर्डिङ र मिक्सिङ गरेका हुन् ।
गरिमा शर्मा, कमल देवकोटा, मनायु गौतम, एन्जेल कार्कीले अभिनय गरेको भिडियोलाई रमेश थापाले निर्देशन गरेका हुन् । भिडियोमा एउटी युवतीले बाल्यकालदेखि नै आपूmले मन पराएको केटालाई नै श्रीमानको रुपमा कल्पना गरी विवाह र तत्पश्चात विभिन्न ठाउँमा घुम्न गएको कल्पना देखाइएको छ ।
नहकुल खड्काले सम्पादनमा गरेको भिडियोमा कोरियोग्राफी सुरेश पाण्डेको छ । भिडियोको छाँयाकन शिव ढकालले गरेका हुन् ।
गरिमाको सुन्दरतासँगै गीतको कोरियोग्राफी, छाँयांकन र भेषभुषा पनि निकै राम्रो छ । पछिल्लो समय तीज गीतमा छाडापना र भड्किलो पोशाक प्रयोग बढ्दै गएकोमा यो गीतमा भने त्यस्तो छैन ।
तीज भनेको विवाहितले श्रीमानको लामो आयुको कामना गर्दै व्रत बस्ने र अविवाहितले राम्रो श्रीमान पाउँ भन्दै व्रत बस्ने तथा नाचगान गर्ने चाड भएकाले अविवाहित युवतीको कल्पनालाई गीतमा उतारिएको निर्देशक रमेश थापाले बताए ।
ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोले राम्रो लोकप्रियता पाउने आशा निर्माण पक्षको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सामाजिक कार्य गर्दै होटल मजेस्टिक लेक फ्रन्टले आफ्नो तेस्रो वार्षिकोत्सव…





