ट्रम्पले फेरि चुनावमा धाँधली भएको आरोप लगाए


     एभरेस्ट आवाज    
     असार १४ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

अमेरिकी राष्ट्रपतिको चुनावमा पराजित भएको ५ महिनापछि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि पनि चुनावमा धाँधली भएको आरोप लगाएका छन्।

ट्रम्पले आरोप लगाएएका छन्, ‘चुनावमा धाँधली भएको थियो।’

चुनावमा हारेपछि पहिलोपटक अमेरिकामा विशाल सभालाई सम्बोधन गर्दै उनले अझै पनि मनबाट हार स्वीकार नगरेको जनाउ दिएका हुन्।

उनले राष्ट्रपति जो बाइडेनको ५ महिने कार्यकाललाई ‘बेकारको’ बताए। भाषणका क्रममा उनले आप्रवासन र अपराधको मुद्दा उठाएका थिए।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।