तस्बीरः गुगलबाट
क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रभर तापक्रम बढेपछि कम्तिमा ६० जनाको ज्यान गएको समाचार छ।
ब्रिटिश कोलम्बिया प्रहरीले सोमबारयता ज्यान गुमाउनेको संख्या ६० नाघेको जनाएको छ ।
ज्यान गुमाउनेहरुमा ज्येष्ठ नागरिकहरू धेरै छन्। ब्रिटिश कोलम्बियाको लीटनमा तापक्रम ४९ दशमलव ९ डिग्री सेल्सियस पुगेको छ। गर्मी बढ्दै गएकाले जनजीवन प्रभावित बनेको छ। लीटनमा घरबाट बाहिर निस्किन नसक्ने अवस्था छ।
बढ्दो तापक्रमबारे क्यानडाको वातावरणसम्बन्धी निकायले ब्रिटिश कोलम्बिया र अल्बेर्टालाई चेतावनीसहितको सूचना जारी गरेको छ। त्यसबाहेकका उत्तरपश्चिमी भू–भागलाई पनि सचेत रहन भनिएको छ।
ग्लोब / मेल पत्रिका
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






