राष्ट्रिय संगितकर्मि संघ कास्कीले सम्मान कार्यक्रम गर्ने


     एभरेस्ट आवाज    
     असार २१ गते २०७८ मा प्रकाशित




पोखरा । राष्ट्रिय संगितकर्मी संघ कास्कीले सम्मान कार्यक्रम गर्ने भएको छ ।

संघले आगामी साउन १ गते आयोजना गने कार्यक्रममा २५ जनालाई सम्मान गर्ने अध्यक्ष ऋषिराम दाहालले जानकारी दिए ।

कोभिड–१९ को महामारीको समयमा १९ दिनसम्म सञ्चालन गरिएको राहत वितरण कार्यक्रममा सहयोग गर्ने सहयोगदाता लगायतलाई सम्मान गर्न लागिएको दाहालले बताए ।

संघले सो अवधीमा ४५० बढी विपन्न तथा अनाथ परिवारलाई विभिन्न सहयोगी संस्था तथा व्यक्तिको समन्वयमा राहत वितरण गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।