घट्टेखोलाका एक्लो यात्री

- (आज, २०८ औँ भानु जयन्ती। जयन्तीको अवसरमा कवितामार्फत आदिकवि भानुभक्तलाई यसरि सम्झना गरिएको छ। यि हरफहरु कविता कोर्ने अभ्यासमा बनेका हुन्। कविता, कविता जस्तो नहुन सक्छ, एउटा सत्प्रयासलाई यहाँ पोष्ट गरिएको छ)


     नारायण शाही    
     असार २९ गते २०७८ मा प्रकाशित




भारी मनसुनको असारे वर्षा
खहरे घट्टेखोलामा उर्लदो भेल बाढी
माखे साङ्लोमा बाँधिएर
एक हुल आफ्नै सहयात्रीहरु
खहरेको धमिलो उर्लदो भेल काढ्दै
पुगिसक्यो धारापानीको पारी तटीय छेउ
‘छोप्राकीले फूलपाती हेरे जस्तै’
घट्टेखोलाको वारी छेउ किनाराबाट
त्यो दृश्य हेर्न बाध्य छ
पछुवा एक्लो यात्री
त्यही उर्लदो भेल काटेर
आइपुग्छन्, एक हुल माझीहरु
वारी किनारा छेउको विसौनामा
एक्लो पछु्वा यात्रीको माझीहरुसँग
बाचासहितको सहयोगको याचना
‘मलाई पारी तारिदिनुस न माझी दाई,
तपाइँहरुको यो गुन कहिल्यै बिर्सने छैन’
अफशोच ! मौन रहन विवश छन्
मानवीय सहानुभूतीका सहधर्मी माझीहरु
एक्लो यात्री जिज्ञाशाहरु राख्दै जान्छन्
माझीहरु पनि, उत्तर दिदैँ जान्छन्
यहाँ तपाइँहरुको खियाउने नाउहरु छैनन् ?
अहँ छैन, यसपालीको वर्षामा
बाढीले सबै बगाएर लग्यो ।
अनि, यता कतै तुहिनहरु छैनन् ?
अहँ छैन, मोटरेबल पुल र झोलुङ्गे साघुँ
बनाउने भनेर उहिल्यै चुँडालियो ।
अनि, मोटरेबल पुल र झोलुङ्गे साघँु पनि छैन ?
अहँ तिनिहरु पनि बनेकै छैन
केही बनाउँदै थियो, भेलबाढीले सबै बगाएर लग्यो ।
एक्लो यात्रीको माझीहरुलाई अन्तिम प्रश्न
यहाँ, मोटरबोट र पानीजहाजको व्यवस्था नि … !
छैन, आउने कहिले हो कहिले !?
आएपनि चर्को भाडादर असुल्नेछन् ।
एक्लो यात्रीलाई माझीहरुको उल्टै प्रतिप्रश्न
के तिमि चर्को भाडादर तिरेर
मोटरबोट र पानीजहाज चढ्न सक्छौ र !?


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।