राजधानीको निषेधाज्ञा आज सकिदैँ, भोलिदेखि लामो दूरीको सवारीसाधन संचालन


     एभरेस्ट आवाज    
     असार ३१ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

राजधानी काठमाण्डौंमा जारी निषेधाज्ञा आज (बिहीबार) बाट सकिदैँछ।

कोरोनाको फेरि संक्रमण बढ्दै गएपनि खोपको व्यवस्थापन गरेर जनजीवनलाई खुकुलो बनाउने उद्देश्यसहित काठमाण्डौं लगायत उपत्यकाको ३ जिल्ला प्रशासनको तयारी रहेको समाचारहरुमा जनाइएको छ।

लामो दूरीमा २ महिनाभन्दा बढी समयदेखि रोकिएको यातायात सेवा संचालन गर्न दिने तयारीमा राजधानी उपत्यकाका जिल्ला प्रशासनहरु रहेको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीबीच भोलि (शुक्रबार)देखि लामो दूरीका सार्वजनिक यातायात संचालन गर्न दिने तयारीबारे छलफल भएको समाचारहरु बाहिर आएका छन्।

लामो दूरीको यातायात संचालन नहुँदा सर्वसाधारण मारमा परेकाले संचालन गर्न दिनेबारे थप छलफल गर्न र यसबारे निर्णय गर्न आज दिउँसो एक बजे उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच बैठक बस्दैछ।

यसअघि, हवाई उडानसमेत खुलेपछि यातायात व्यवसायीले लामो दूरीका गाडी खुलाउन दबाब दिँदै आएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।