नेपाली राष्ट्रिय महिला टोलीका उपकप्तान सीता रानामगरको ब्याटिङ वरीयतामा सुधार आएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक गरेको पछिल्लो टी–२० क्रिकेटको ब्याटिङ वरीयताअनुसार उनी ९० औं स्थानमा छिन्।
यसअघि, मगर ९२ औं वरीयतामा रहेकी थिइन्। आइसीसीको वरीयतामा पर्ने उनी एक मात्र नेपाली महिला क्रिकेट खेलाडी हुन्। महिला क्रिकेटको ब्याटिङतर्फ भारतकी शफाली वर्मा शीर्ष स्थानमा, अस्ट्रेलियाकी बेथ मोनी दोस्रो, भारतकी स्मृति मन्धाना तेस्रो, अस्ट्रेलियाकी मेग लानिङ चौथो तथा अस्ट्रेलियाकी एलिसा हेली पाँचौं स्थानमा छन्। नेपाल आइसीसी महिला टी–ट्वान्टी क्रिकेटको वरीयतामा भने यथास्थानमा रहेको छ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको स्थान १४ रहेको छ। नेपाल एकदिवसीय महिला क्रिकेटको वरीयतामा भने हालसम्म पर्न सकेको छैन। टी–२० तथा एकदिवसीय क्रिकेटतर्फ बलिङको महिला वरीयतामा नेपालबाट कुनैपनि खेलाडी पर्न सकेका छैनन्।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भोलि बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई उडानलाई लक्ष्य गरी…






