पोखरा । घरेलु उद्योग तथा हस्तकला उपसमितिले गण्डकी प्रदेश सरकालाई ज्ञापनपत्र बुझाएको छ ।
उपसमितिले बुधबार विभिन्न माग राख्दै गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्कालाई घरेलु उद्योग तथा हस्तकला उपसमितिले बुधबार ज्ञापनपत्र बुझाएको हो ।
पोखरा उद्योग बाणिज्यसंघकी कार्यसमिति सदस्य तथा पोखरा उद्योग वाणिज्यसंघ अन्र्तगत गठित घरेलु उद्योग तथा हस्तकला उपसमितिकी संयोजक पवित्रादेवी गुरुङको नेतृत्वमा पत्र बुझाएको हो ।
सीपमुलक तालिमको व्यवस्थापन, कर्जा सहज रुपमा उपलव्ध गराउन, कोरोना विरुद्धको खोप उलव्ध गराउन, अनुदान, लगायतका ७ वुद्धे माग गरी ज्ञापनपत्र बुझाइएको संयोजक गुरुङले बताए । ज्ञापनपत्र बुझ्दै मन्त्री खड्काले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १६ पोखरेली व्यवसायी नारायणप्रसाद पौडेल सम्बद्ध ३ संस्थाले बाढी…







