पोखरा म्याराथनलाई ‘हङकङ नेपाली गाइज’को सहयोग


     एभरेस्ट आवाज    
     श्रावण १३ गते २०७८ मा प्रकाशित




नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा सञ्चालन हुने पोखरा म्याराथनलाई हङकङ बाट खेलप्रेमी नेपाली यूवाहरुले आर्थिक सहयोग गरेका छन ।

पोखरा रामबजार स्थायी घर भई हाल हङकङमा बसोबास गरिरहेका यूवाहरुले गत वैशाखमा सम्पन्न १५ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहयोग गरेका हुन । पाखरेली हङकङ गाइज रामबजारले पोखरा म्याराथनलाई ४१ हजार ३०० नगद सहयोग प्रदान गरेको मञ्चका कार्यवाहक अध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिए ।

उक्त रकम हङकङ स्थित तेक्वान्दोका खेलाडी कृष्ण गुरुङले ५ सय हङकङ डलर, हिमाल रानाले १ हजार हङकङ डलर, नयन सिंह गुरुङ (कान्छा)ले ५ सय हङकङ डलर, कृष्ण गुरुङले ३ सय ५० हङकङ डलर र दिपक गुरुङले ५ हजार नेपाली रुपैयाँ सहयोग गरेको मञ्चका महासचिव खेम गुरुङले बताए । उक्त सहयोग रकम महासचिव गुरुङले पाखरेली हङकङ गाइजका् तर्फबाट कावा अध्यक्ष पराजुलीलाई हस्तान्तरण गरेका छन ।

सो अवसरमा मञ्चका कावा अध्यक्ष पराजुलीले सहयोगका लागि पाखरेली हङकङ गाइजलाई आभार प्रकट गरेका छन । विदेशमा वस्ने नेपालीहरुले कोभिड १९को यस्तो जोखिमको बेलामा समेत पोखरा म्याराथनलाई माया गरी सहयोग गर्नु सर्हानिय रहेको भन्दै अब मञ्च १६ औं संस्करणको पोखरा म्याराथनको तयारीमा जुट्ने बताए ।

रकम हस्तान्तरण कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, सहकोषाध्यक्ष महेश पौडेल, कार्यसमिती सदस्यहरु तिलक केसी, हरिश्वर पराजुली, हरि बरुवाल, विश्व तन्डुकार, पुष्पा श्रेष्ठको समेत सहभागिता रहेको थियो ।

स्मरणिय के छ भने पोखरेली हङकङ गाइजले गत वर्ष सम्पन्न १४ औं संस्करणका लागि १ लाख ११ हजार नगद सहयोग गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।