पोखरा । नेपाली काँग्रेसको १४ औं महाअधिवेशन अन्योलको स्थितिमा छ, तैपनि नेताहरुले नेतृत्वमा आउने आकांक्षा देखाइरहेका छन् । यसै सिलसिलामा पोखरा–३२ को वडा सभापतिमा मोहन कुमार प्रधानले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
२०४६ सालको जनआन्दोलनबाट प्रभावित भएर राजनीतिमा आएका प्रधानले २०४८मा कांग्रेसका संसदीय उमेदवारलाई अत्यधिक मतले बिजय गराउन आफुले सकृय भुमिका खेलेको भन्दै वडा सभापतिमा आफु सक्षम रहेको बताए ।
२०६२ र ६३ जनआन्दोलनमा कांग्रेसको वडादेखि जिल्ला र केन्द्रसम्म जनआन्दोलनमा सहभागी भई आन्दोलनमा जेलनेल परेको र आफुले पाटीमा धेरै त्याग गरेकोले अहिले वडा सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको बताए । उनले आफुलाई वडा सभापतिमा साथीभाइले सहयोग गरी जिताउने विश्वास पनि व्यक्त गरेका छन् ।
प्रधान पार्टीको राजनीतिका साथै विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल…






