नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चको खेलाडी छनोट समितिले आइतबार आयोजित अवार्ड मनोनयन घोषणा कार्यक्रममा अवार्डको २३औँ संस्करणको वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा ५,५ मनोनयन सार्वजनिक गरेको हो ।वर्ष पुरुष खेलाडीको मनोनयनमा बक्सिङका चन्द्र थापा, एथ्लेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र गल्फका सद्भाव आचार्य परेका छन् । वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा करातेका एरिका गुरुङ, सबिना श्रेष्ठ र सानुमाया थिङ तथा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र फुटबलकी साबित्रा भण्डारी मनोनित भएका छन् ।
यसैगरी वर्ष युवा खेलाडीको मनोनयनमा बक्सिङका अर्पिल राना, करातेका रेहान जाबेद र मनिषा कुमारी बोहोरा तथा चेसका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तव समावेश भएका छन् । वर्ष प्रशिक्षकतर्फ बक्सिङका दीपक महर्जन, करातेका कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ, क्रिकेट स्टुआर्ट ल र नेत्रहीन महिला क्रिकेटका पुरन सिंह खत्री मनोनयनमा रहेको मञ्चले आज आइतबार आयोजित कार्यक्रममा जनाएको छ । २३औँ संस्करणको अवार्ड भदौ १८ गते प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब स्थित ब्लु पभेलियनमा आयोजना हुँदै छ ।
घोषणा कार्यक्रममा एआइपिएस एसियाका कोषाध्यक्षसमेत रहेका छनोट समितिका सदस्य निरञ्जन राजवंशीले देशमा आएको विनाशकारी बाढी तथा प्राकृतिक प्रकोपमा जुधिरहेको समयमा अवार्डलाई ठूलो उत्सवका रूपमा नमाउने बताए । मानवीय क्षतिमा समवेदना व्यक्त गर्दै २३औँ संस्करण आयोजना गर्न लागेको उनले बताए । यसपल्ट पनि कुल ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित हुँदै छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २० भदौनिशुल्क स्वास्थ्य शिविरलाई अभियानकै रुपमा अघि बढाएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी…





