प्रेस क्लब गण्डकीको अध्यक्षमा दोहोरिए एकराज, सचिवमा प्रकाश


     एभरेस्ट आवाज    
     भाद्र १४ गते २०८३ मा प्रकाशित




पोखरा । प्रेस क्लब गण्डकीको अध्यक्षमा पुनः एकराज गिरी सर्वसम्मत चयन भएका छन् । क्लबको शनिबार पोखरामा सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले आगामी तीन वर्षको लागि गिरीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा प्रकाशचन्द्र अधिकारी, कोषाध्यक्षमा कृष्ण श्रेष्ठ ९रोजी० र सहसचिवमा बालकुमारी पौडेल ९तारा०लाई चयन गरेको छ । त्यस्तै सदस्यहरूमा संजय थापा र बसन्त गिरी चयन भ्एका छन् ।
यसअघि साधारण सभाको उद्घाटन नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधबप्रसाद बरालले गरेका थिए । उद्घाटन सत्रमा सचिव गौरव त्रिपाठी र कोषााध्यक्ष राजु गिरीले प्रस्तुत गरेको प्रतिवेदनलाई बन्द सत्रमा ब्यापक छलफल सहित पारित गरेको थियो ।
क्लबले साउन २५ गते भदौ १३ गतेका लागि अधिवेशनको मिति तोकेको र भदौ १० गते रसुवामा आएको बाढिका कारण देशले बिपत्तिको सामना गर्नुपरेका कारण तामझाम सहित कार्यक्रम गर्न उपयुक्त नभएको भन्दै सामान्य रुपमा अधिवेशन सम्पन्न गरेको नवनिवार्चित अध्यक्ष एकराज गिरीले बताए । देश शोकमा रहेका बेला तामझाम रुपमा कार्यक्रम गर्न उचित ठानेनौ त्यसैले सामान्य रुपमा अधिवेशन र साधारण सभा सम्पन्न गरेका छौँ ।

उनले आगामी दिनमा क्लबको उद्देश्य अनुरुप क्र्रियाशिल बनाउदै रचनात्मक कार्य गरिने बताए । २०७९ सालमा स्थापना भएको क्लबले वार्षिक ५० हजार रुपैयाँ राशिको प्रेस क्लब पत्रकारिता पुरस्कार प्रदान गदै आएको छ । २०८१ सालमा पहिलो पुरस्कार पोखराका अग्रज फोटो पत्रकार कृष्णमणी बराललाई प्रदान गरेको थियो भने यस वर्ष २०८२ र २०८३ को पुरस्कार प्रदान गरिने अध्यक्ष गिरीले बताए । पुरस्कारका लागि हामीसंग कुनै दाता नभएको बताउदै उनले भने, विभिन्न कार्यक्रमम गरेर खर्च कटाएर रकम जम्मा गरेर पुरस्कार प्रदान गर्दै आाएका छौँ, गत वर्ष विभिन्न कारणले पुरस्कार प्रदान गर्न सकेनौ । दुर्य वर्षको पुरस्कार यस वर्ष वितरण गर्ने छौँ ।

प्रेस क्लब गण्डकीलाई साझा संस्थााको रुपमा अगाडी बढाइने क्लबका सचिव प्रकाश अधिकारीले बताए । पत्रकारिताको विकास तथा पेशागत हितमा काम गर्ने प्रतिबद्धता उनले ब्यक्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।