भोटेकोशी बाढीपीडितका लागि नेलम्बो नेपालले दियो ५ लाख ५५ हजार


     एभरेस्ट आवाज    
     भाद्र १४ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, भदौ १४

नेलम्बो नेपालले भोटेकोशी बाढी पीडितको उद्धार तथा राहतको साढे ५ लाखभन्दा बढी सहयोग गरेको छ । पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपुरलगायतका जिल्लाका नागरिकको उद्धार तथा राहतका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो ।

दुःखमा नेलम्बो नेपाल साथमा रहेको सन्देश दिदै उनीहरुको पीडामा मल्हमपट्ट लगाउन आर्थिक सहयोग गरिएको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले बताए ।

सामाजिक सेवामा अहोरात्र खटिदै आएको नेलम्बो नेपालले त्यसको निरन्तरता स्वरुप बाढी पीडितलाई सहयोग गरेको नेलम्बो नेपालका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले बताए । उनले यसप्रकारको सहयोग नेलम्बो नेपालले भविष्यमा पनि गरिरहने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।