सांकेतिक तस्बिर ।
मोटरसाइकल चोरी गरेको आरोपमा पोखराबाट दुई जना पक्राउ परेका छन् । मोटरसाइकल चोरी गरेको आरोपमा धादिङ घर भई पाखरा महानगरपालिका वडा नम्बर १३ कमलाटोल बस्ने २६ वर्षिय प्रकाश पोख्रेल र स्याङ्जा घर भई पोखरा १३ बस्ने धिरज सुनार पक्राउ परेका हुन् ।
उनीहरुलाई मोटरसाइकलसहित रंगेहात पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको साथबाट बरामद गरिएको मोटरसाइकल पोखरा १३ मियापाटनका काजीमान श्रेष्ठको रहेको प्रहरीको भनाई छ ।
श्रेष्ठको ग.४ प. ४६२२ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल गत बैशाख २६ गतेबाट हराएको थियो । उक्त हराएको मोटरसाइकलसहित साउन १८ गते सोमबार पोख्रेल र सुनारलाई नियन्त्रणमा लिइएको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) नरबहादुर केसीले जनाएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







