‘अंगरक्षक आउने आशामा उहाँ मारिनुभयो’

- राष्ट्रपतिको हत्यापछि हाइटीकी प्रथम महिलाको बयान


     एभरेस्ट आवाज    
     श्रावण २० गते २०७८ मा प्रकाशित



तस्बीरः सीएनएन

ग्त महीना आफ्नै शयनकक्षमा जब हाइटीका राष्ट्रपति निर्ममतापूर्वक मारिँदै थिए, एक मात्र प्रत्यक्षदर्शी त्यहाँ थिइन्। घटनाबारे उनलाई जति राम्रोसँग थाहा छ, अरुलाई छैन।

जुलाई ७ मा मार्टिन मोइज आफ्ना पति जोभेनेल मोइजको शवसँगै रगत बगिरहेको बेला त्यही शयनकक्षमा अर्को बिहान भेटिएकी थिइन्।

रहस्यमयी हत्याबाट उनी बाँचिन् तर, हत्यारालाई न्यायको कठ्घरामा ल्याउनुपर्ने भन्दै सुरु भएको खोजीमा उनले आवाज उठाएकी छिन्।

आइतबार दक्षिणी अमेरिकी राज्य फ्लोरिडामा सीएनएसँग अन्तर्वार्ता दिँदै गर्दा मोइजले पाखुरामा कालो पट्टी बाँधेकी थिइन्।

उनको माग थियो, ‘हत्यारालाई पत्ता लगाएर घटनाबारे छानविन गर्नुपर्छ भन्ने हो।’

‘कसैले आदेश दियो र कसैले पैसा। हामीले तिनै मान्छेको खोजी सुरु गरेका छौं। ती मान्छेलाई पत्ता

लगाउन मलाई राष्ट्रसंघीय सुरक्षा परिषद्को सहयोग चाहिएको छ’ मोइजले भनिन्।

मोइज आफ्ना पति हत्याकी एकमात्र प्रत्यक्षदर्शी हुन्। राष्ट्रपतिय कक्षभित्र प्रवेश गरेर गोली प्रहारको घटना मच्चाउने क्षणकी एक पीडित पनि हुन्।

राती १ बजे आफ्नो घरमा स्वचालित राइफल पड्किएको आवाज सुनेपछि मोइज दम्पत्तिलाई लागेको थियो। चीज ठीक भैरहेको छैन।

जब उनीहरुलाई थाहा लाग्यो बन्दुकधारी घरभित्रै पस्दैछन्, तब उनीहरु खाटमुनि पसेर लुक्ने प्रयास गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।